ब्लाष्टखबर । अमेरिकाले चिनले हङकङकाे लागी जारी गरेकाे राष्ट्रिय सुरक्षा कानूनको विरोधमा चीनलाई प्रतिवन्ध लगाउने गरी सदनमा एक विध्येक पारित गरेकाे छ । 

चिनले हङकङमा आतङ्कबाद गतिविधीमा संलग्न मानिसहरूलाई  कारवाहि गर्ने गरी विवादित कानुन जारी गरेकाे छ । जसले हङकङमा चीन विराेधी गतिविधिलाई दवाउनका लागी कानुन प्रयाेग हुने आशंका गरिएकाे छ । 

अमेरिकी विधेयक अन्तर्गत हङकङमा प्रदर्शनकारी, स्वायत्तता र त्यहाका नागरिकहरूकाे स्वतन्त्रतालाई कमजोर पार्न खोज्ने प्रहरी अधिकारीहरु लगायतका अन्य समुहलाइ प्रतिवन्ध लगाइनेछ। साथै, नयाँ सुरक्षा कानून लागू गर्ने चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरूलाई पनि प्रतिबन्ध लगाइनेछ। विधेयकमा कारोबार गर्ने बैंकहरूमा पनि प्रतिबन्धको व्यवस्था गरेको छ।

अमेरिकी सिनेटले बिहीबार विधेयकलाई अन्तिम स्वीकृति दिएकाे थियाे । एक दिन अघि, प्रतिनिधि सभाले यसलाई अनुमोदन गरेकाे थियाे । अब यो बिल व्हाइट हाउसमा जानेछ।

अमेरिकाले उक्त विध्येक संसदमा ल्याएसंगै चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले  विदेशीहरूकाे कुनै पनि प्रकारकाे दवावले चीनकाे संकल्प र राष्ट्रिय संप्रभुत्ता तथा हङकङकाे  समृद्धि र स्थिरताकाे रक्षा गर्ने इच्छाशक्तिलाई हल्लाउन नसक्ने बताएका छन् ।