ब्लाटखब। इराककाे उत्तरी तेहरानमा रहेकाे एक क्लिनिकमा भएको शक्तिशाली विस्फोटले कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ ।
ग्यास लिक भएर सिना अतहर नामकाे स्वास्थ्य केन्द्रमा अागलागी हुदाँ बिष्फाेट भएकाे तेहरान दमकल विभागका प्रवक्ता जलाल मालेकीले त्यहाकाे सरकारी टिभीलाई बताएका छन् ।
इरानको अर्ध-आधिकारिक आईएसएनए समाचार एजेन्सीले आपतकालीन चिकित्सा सेवाहरूको उद्धृत गर्दै १३ व्यक्तिको मृत्यु भएकाे र ६ जना घाइते भएकाे जनाएकाे छ । आईएसएनएका अनुसार घइतेहरूलाई अस्पतालमा स्थानान्तरण गरिएको छ ।
विस्फोटका कारण भएकाे उक्त विस्फोटनका कारण वरपरका भवनहरूलाई समेत क्षति पुर्याएकाे छ । दुर्घटनामा १० जना महिला थिए।