धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमितमध्ये ८ जना डिस्चार्ज भएका छन् ।
योसँगै प्रतिष्ठानमा डिस्चार्ज हुनेको संख्या एक सय पुगेको छ । अझै २४ जना उपचाररत रहेका छन् । बीपी प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाका अनुसार झापा, ताप्लेजुङ, पाँचथर र सुनसरीका संक्रमितहरू कोरोनामुक्त बनेका हुन् । पहिलो पटक प्रतिष्ठानमा १८ जना डिस्चार्ज भएका थिए ।