उदयपुर / उदयपुरमा आज थप ३ जना कोरोना संक्रमित पुष्टि भएको छ । बेलका नगरपालिका–९ को दुई जना र ३ न वडाको एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ ।
भारतबाट आएर पालिकाले निर्माण गरेको क्वारन्टाइनमा बसेका २२, २६ र ३३ बर्षका पुरुषहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
गत जेठ १९ गते झापाको गौरिगञ्ज नाका हुदै आएका उनीहरु मध्ये २२ र २६ वर्षे पुरुषहरु रामपुरको सिटिहल क्वारेन्टाइनमा बसेका थिए भने अर्का एकजना बुद्धचौक क्वारेन्टाइनमा रहेको बुझिएको छ ।
उनीहरुको नमुना स्वाव संकलन गरी परिक्षणका लागी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा पठाइएको थियो ।
आज ३ जनामा संक्रमण पुष्टि भएसंगै बेलका नगरपालिकामा संक्रमितको संख्या ५ पुगेको छ ।