भद्रपुर । झापाको भदपुरस्थित क्वारेन्टिनबाट घरसम्म पुगेपछि कोरोना सङ्क्रमण पुष्टि भएका दुई जना पुरुषको कन्ट्याक्ट ट्रेसिङमा रहेका भद्रपुर नगर प्रमुखसमेत २८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
गएको बिहीबार भद्रपुरको कलबलगुरीस्थित क्वारेन्टिनमा रहेका ९ जना सबैको रिपोर्ट नेगेटिभ आएको विश्वासमा सबैलाई राति नै घर पठाइएको थियो । त्यसमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएपछि भद्रपुरको सिआइसिटी टिमले गरेको कन्ट्याक्ट ट्रेसिङमा रहेका २७ जनाको पीसीआरका लागि स्वाब संलकन गरेको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । नगर प्रमुखको नेगेटिभ रिपोर्ट सोमबार नै आएको थियो ।
भद्रपुर १ र ३ का ती सङ्क्रमितका परिवारका सदस्य, उनीहरूको सम्पर्कमा रहेका आशङ्ति व्यक्तिहरू, उनीहरूलाई घरसम्म पु¥याएको बसका चालक, सहचालकसमेत फ्रन्टलाइनमा काम गर्ने नगरपालिकाका केही कर्मचारीलगायत २८ जनाको स्वाब सङ्कलन गरी आइतबार विराटनगरको प्रयोगशालामा पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखाका मनोज भट्टराईले जानकारी दिए ।
सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएकोमा सन्तोष व्यक्त गर्दै नगर प्रमुख जीवनकुमार श्रेष्ठले अहिलेको लकडाउनको अप्ठ्यारो अवस्थामा जनसेवाका नियमित काममा आफू छिट्टै फर्किने प्रतिक्रिया दिए ।