• खेवाहाङ मेवाहाङ 

संखुवासभा / संखुवासभा । संखुवासभा जिल्लामा कारोना भाइरस कोभिड १९ विरुद्ध लड्न राहत र क्वारेन्टाइन सञ्चालमा मात्रै हालसम्म ३ करोड बढि खर्च भई सकेको छ ।
जिल्लाको विभिन्न स्थानीय तहको गत बैशाख २४ गतेसम्मको तथ्याङ्क अनुसार २ करोड ८ लाख ३९ हजार १ सय ९५ रुपैयाँ यी दुई शिर्षकमा खर्च भई सकेको छ । भने पहिले नै खर्च भएको तर भुक्तानी गर्न बाँकी रकम यो तथ्याङ्मा उल्लेख छैन । जिल्लाका दश स्थानीय तहहरुमा १ करोड २४ लाख ११ हजार ७ सय २९ रुपैयाँको राहत बाँडिएको छ ।

तथ्याङ्क अनुसार ८४ लाख २७ हजार चार सय ६६ रुपियाँ क्वारेन्टाइन निर्माण तथा सञ्चालमा खर्च भई सकेको छ । स्थानीय तहहरुले भुक्तानी गर्न बाँकी रकम यस तथ्याङ्कमा नरहेको जिससका सूचना अधिकारी गोपी सम्शेर राईले बताए ।
हालसम्म जिल्लाभरी २५ स्थानमा ३ सय ३५ वेडको क्वारेन्टाइन रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ५०१ जना पुगीसकेको छ ।

खाँदबारी नगरपालिकाको मात्रै ६० लाख बढि रकम खर्च
जिल्लामा नै सबैभन्दा धेरै खाँदबारी नगरपालिकाले खर्च गरेको छ । खाँदबारी नगरपालिकाले बैशाख २४ सम्ममा मात्रै दुई शिर्षककमा ५१ लाख ४६ हजार १ सय ७७ रुपियाँ खर्च गरि सकेको छ । क्वारेन्टाइन निर्माण तथा सञ्चालन र राहत वितरण शिर्षकमा मात्रै यत्ति खर्च हुन आएको तथ्याङ्क छ । तथ्याङ्को आधारमा यो जिल्लाकै ठुलो खर्च हो । क्वारेन्टाइन निर्माण तथा सञ्चालनमा ३४ लाख ६५ हजार रुपैंयाँ र राहत वितरणमा १६ लाख ८१ हजार १ सयय ७७ रुपैयाँ खर्च भएको छ । तर खाँदबारी नगरपालिकाका लेखा अधिकृत रुद्रमणी घिमिरेका अनुसार राहत तथा खाद्यन्न खरिदमा १९ लाख बढि रकम नाघिसकेको छ ।