धरान / किोरोना भाइरसका कारण वदेशमा आफ्ना प्रदेशका नागरिक बेरोजगारभई फर्कन थाले पछि प्रदेश १ सरकारले विदेशबाट आउनेहरुको तथ्यांक संकलन सुरु गरेको छ ।

आजमुख्यमन्त्रीशेरधन राईले अनलनाइनबाट तथ्याङ्क संकलन काष्र्यको शुभराम्भ गरेकाहुन । । वैदेशिक रोजगारमा संलग्न, नेपाल फर्कन चाहने अनि फर्किसकेकाहरुको समेत तथ्यांक संकलन गरिने प्रदेश सरकारले जनाएको छ ।

गत जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले विदेशमा रहेका प्रदेश १ का नागरिकहरुको अनलाइन फारम तयार गरेर तथ्यांक संकलन गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारको https://helpline.p1.gov.np/वेबसाइटमा आफ्नो विवरणसहितको फारम भर्न सकिने गरि व्यवस्थापन गरिएको छ ।

प्रदेश योजना आयोगमा रहने उक्त फाराममा भरिएको विवरणका आधारमा विदेशबाट फर्किएकाहरुको सीपको सदुपयोग र सीप नहुनेलाई तालिमको आयोजना गरिने मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव नवराज राईले जानकारी दिए ।