धरान / आज विभिन्न अस्पतालमा रहेका ९६ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म ५८४ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक लाख ३ हजार ३२ जनाको पिसिआर टेष्ट गर्दा ४ हजार ८५ जनामा सक्रमण देखिएको स्वास्थय मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । २४ घण्टाको अवधिमा देशका विभिन्न जिल्लामा ३ सय २३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।