धरान । नेपालको कोरोना संक्रमितको संख्या ३५ सयको हाराहारीमा पुग्न लागेको छ । आज मात्रै २१३ जना कोरोना संक्रमित थपिएपछि कुल संख्या ३५ सयको हाराहारीमा पुग्न लागेको हो ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयले दिएको तथ्याङ्कमा विभिन्न जिल्लामा गरेर २१३ जना संक्रमित थपिएका हुन् । नेपालमा हालसम्म संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ ।

हालसम्म १३ जनाले ज्यान गुमाइसकेका छन् भने उपचारपछि निको भएर फर्किनेको संख्या ४६७ छन् । नेपालमा ७७ जिल्लामध्ये ७१ जिल्ला कोरोनाबाट प्रभावित बनेका छन् । आइतबारसम्मको अद्यावधिक तथ्याङ्क अनुसार ९६ हजार २०५ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिसकिएको छ ।