- सिंह चाम्लिङ राई
उदयपुर / उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलका नगरपालिकामा २ र चौदण्डी गढि नगरपालिकामा १ गरि ३ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
योसँगै उदयपुरमा संक्रमितको संख्या ३६ पुगेको छ । बेलकामा भारतबाट आएर क्वारेन्टाइनमा बसेका १ जना पुरुष र १ जना महिलामा संक्रमण देखिएको छ भने चौदण्डिको स्थानीय १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । उनीहरुको स्वाव काठमाण्डौँमा परीक्षण भएको जनाइएको छ ।
गत जेठ २ गते मुस्लिम समुदाय भन्दा बाहिरको एक संचारकर्मीलाई संक्रमित देखिएपछि उदयपुरमा संक्रमितको संख्या ३३ जना पुगेको थियो । भारतबाट आएर गाईघाटको मोतिगडा क्वारेन्टाइनमा बसेका ५४ जना रिपोर्ट आउन बाँकी रहेको छ ।