काठमाडौं / कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपालमा थप दुई  जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

डोल्पाका जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।

उनी जेठ १८ गते नेपालगञ्ज सुर्खेत जुम्ला हुँदै डोल्पा पुगेका थिए । डोल्पामा आरडीटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको थियो । उनको २१ गते मृत्यु भएको बताइएको छ ।
दमका रोगी उनको निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यसै गरि धनगडीको एक ५४ बर्षीय महिलाको समेत मृत्यु भएको छ । उनलाई डाइलोसिस गर्नका लागि जेठ २३ गते सेती अस्पतालमा भर्ना गरिएको थियो । उनको दिउँसो उपचारको क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणमा पोजेटिभ आएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३  पुगेको छ । आज सम्म नेपालमा ८८ हजार ३६६ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार २३५ जनालाई कोरोना पोजेटिम देखिएको छ । आज मात्र ३२३ जनामा संक्रमण देखिएको छ ।