• मदनबाबु प्रसाई

उर्लाबारी / उर्लाबारी नगरपालिकाको शुक्रबारको बैठकले नगरको विपद कोषमा थप ५० लाख बिनीयोजन गर्दै कोरोना नियन्त्रण तथा रोकथामको लागि थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

नगर प्रमुख खड्ग फागोको अध्यक्षता बसेको कार्यपालिका तथा कोरोना भाइरस नियन्त्रण समितिको संयुक्त बैठकले कोषमा रकम सकिएकोले नगरको कोषबाट ५० लाख विनीयोजन गर्ने र सहयोगीबाट संकलनसमेतलाई तिव्रता दिने निर्णय गरेको हो ।

यस अघि नगरपालिकाले उक्त कोषको लागि ५० लाख बिनीयोजन गरेको थियो भने अन्य दाताहरुबाट प्राप्त ४० लाख २१ हजार २ सय ३३ रुपया मध्ये लकडाउनबाट प्रभाावित बनेका ३ हजार ६ सय ९ घर परिवारको राहतको लागि ४१ लाख १६ हजार, औषधीजन्य सामाग्री खरिदमा १७ लाख ५४ हजार ८ सय ७० रुपया, क्वारेनटाईन व्यवस्थापनमा २ लाख ७ हजार २ सय र अन्यमा ६ लाख ६१ हजार २५ रुपया खर्च भएको नगरपालिकालको जिन्सी शाखाका अधिकृत नगेन्द्रप्रसाद तिम्सिनाले बताएका छन ।

यस्तै उक्त बैठकले बैक तथा वित्तीय संस्थाहरु नगरपालिका सग समन्वय गरी दैनिक १ बजे सम्म संचालन गर्ने, लकडाउन शुरु भएदेखि बन्द भएका पसलहरु दैनिक १२ बजे सम्म संचालन गर्ने, कृषी प्रयोजनका लागि टे«क्टरहरु वडा कार्यालयको सिफारिसमा संचालन गर्ने, अट्टो तथा टेम्फोहरु दैनिक १२ बजेसम्म जोर बिजोर प्रणाली अन्र्तगत स्थानिय स्तरमा संचालन गर्ने र स्थानिय उत्पादनलाई प्राथमिकता दिनका लागि तरकारीजन्य सामाग्री कृषक समुह मार्फत विक्री वितरण गर्ने, मंगलबारे अस्पतालको एमबुलेन्सलाई मर्मत संभार गरी शव वहानको रुपमा संचालन गर्ने सहितका निर्णय भएको नगरपालीकाका प्रवक्ता भानुभक्त शर्मा पराजुलीले बताएका छन ।

(