स्थापना दिवसमा ९२ जनाले गरे रक्तदान

alt
  • जेठ २२, २०७७
  • ब्लाष्ट खबर

उर्लाबारी / सामुदायिक बिकास मञ्च उर्लाबारीले संस्थाको २३ औं स्थापना दिवसका अवसरमा बिहिबार आयोजित रक्तदान कार्यक्रममा ९२ जनाले रक्तदान गरेका छन ।

उर्लाबारी–६ स्थित महारुद्र शिवालय मंन्दिरको सभाहलमा संस्थाका अध्यक्ष ढुण्डुराज भट्टराईको अध्यक्षता तथा उर्लाबारी नगरपालिकाका वडा नं.–६ का वडाध्यक्ष चिन्तामणी पौडेलको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा स्थानिय २७ महिलासहित ९२ जनाले रक्तदान गरेका संस्थाका सह–सचिव प्रभु दिलुङछा राईले बताएका छन ।

सामाजिक क्षेत्रमा नगरमा अग्रणी कार्य गर्दै आएको उक्त संस्थाले रक्तदान, सरसफाई, विपदमा परेकालाई सहयोग, धर्म संस्कृतिको जगेर्ना, सडक वत्तीको व्यवस्थापन सहितका सार्वजनिक सरोकारका क्षेत्रका कार्य गर्दै आएको संस्थाका सचिव प्रेम बोहोराले बताएका छन । उक्त रक्तदान नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र उर्लाबारीको प्राविधीक सहयोगमा भएको थियो ।

धरानको वडागत बजेट सि ...

धरान / धरान उपमहानगरपालिकाको गत असार १० गते भएकोका ...

बेलबारीमा पनि भेटिए ...

लक्ष्मीमार्ग । बेलबारीमा पहिलो पटक एक पुरुषमा कोरोना भा ...

८५ वर्षिय काेराेना स ...

ब्लाष्टखबर । काठमाडाैंकाे एक निजि अस्पतालमा ८५ वर्षिय क ...

लागु औषधसहित एक जना ...

धरान / सुनसरीको कोशी गाउपालिका ४ बाट एक जनालाई आगु ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved