विराटनगरमा स्वास्थ्यकेन्द्र स्थापना

alt
  • जेठ २१, २०७७
  • अनिल श्रेष्ठ

विराटनगर  /  विराटनगर महानगरपालिकाले वडा नं. १६ दरैयास्थित स्वास्थ्य केन्द्र स्थापना गरेको छ । भारतको सिमा जोडिएको वडामा महानगरपालिकाले स्वास्थ्य केन्द्र स्थापना गरेको हो ।

स्थानियमा स्वास्थ्य सेवाको पँहुच बढाउने उद्देश्यले स्वास्थ्य केन्द्र स्थापना गरेको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले जानकारी दिए ।
स्वास्थ्यचौकीको बुधवार एक अनौपचारिक कार्यक्रमका वीच विराटनगर महानगरका प्रमुख पराजुलीले उद्घाटन गरेका छन् । नगरका हरेक क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यका साथ महानगरले काम गरिरहेको उनले बताए । कोरोनाका कारण सामान्य जाँच गर्न समेत कठिनाइ भइरहेको अबस्थालाई मध्यनजर गर्दै महानगरले काम गरिरहेको पराजुलीले बताए ।

यस्तै विराटनगर १६ का वडाध्यक्ष मनोज सुव्वाले जटिल परिस्थितीमा स्थापना भएको स्वास्थ्य केन्द्रबाट वडावासी खुसी भएको बताए । यसका लागि थप स्वास्थ्य परीक्षणका दायर बढाउन सुव्वाले महानगरपालिकासँग आग्रह गरे । स्वास्थ्य केन्द्रबाट स्थानीयस्तरमा उत्कृष्ट सेवा प्रवाह गर्ने गरी थप गृहकार्य भइरहेको विराटनगर महानगर स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । महानगरले यसभन्दा अगाडी वडा नं.४ को इक्राइ चोकमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको छ । 

स्वास्थ्य केन्द्र नहुदा बिशेष गरी बृद्धवृद्धा,गर्भवती र बालबालिकाहरुले समस्या बेहोरिरहेका थिए । एक जना डाक्टर र नर्स रहने गरी  स्वास्थ्य केन्द्र स्थापना भए संगै स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।

धरानको वडागत बजेट सि ...

धरान / धरान उपमहानगरपालिकाको गत असार १० गते भएकोका ...

बेलबारीमा पनि भेटिए ...

लक्ष्मीमार्ग । बेलबारीमा पहिलो पटक एक पुरुषमा कोरोना भा ...

८५ वर्षिय काेराेना स ...

ब्लाष्टखबर । काठमाडाैंकाे एक निजि अस्पतालमा ८५ वर्षिय क ...

लागु औषधसहित एक जना ...

धरान / सुनसरीको कोशी गाउपालिका ४ बाट एक जनालाई आगु ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved