धरान । नेपालमा पछिल्लो २४ घण्टामा १६६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

नेपालमा हालसम्म १ हजार ५६७ जना कोरोनाबाट संक्रमित बनेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार एकसय ६६ जना कोरोना संक्रमित थपिएका हुन् । विभिन्न जिल्लामा कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

उनका अनुसार संक्रमित मध्ये १ हजार ५० पुरुष छन् भने ११७ जना महिला रहेका छन् । त्यसमध्ये २ सयभन्दा बढी कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् ।