ताप्लेजुङ । ताप्लेजुङमा आरडिटी पोजेटिभ देखिएका एक वृद्धसहित ६२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्ला अस्पतालमा उपचारका क्रममा आएका मैवाखोला गाउँपालिका २ का ६७ वर्षीय वृद्धको बिहीबार आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि पीसीआर प्रविधिबाट कोरोना भाइरस परीक्षणका लागि उनको स्वाब विराटनगर पठाइएको थियो ।

हालसम्म ६२ जनाको स्वाब पीसीआर प्रविधिबाट परीक्षणका लागि पठाइएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल ताप्लेजुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सोनिङ लामाले जानकारी दिए ।

यता प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले समेत सबैको रिपोर्ट नेगेटिभ आएको जनाउँदै हल्लाको पछि नलाग्न र सुरक्षित तवरले बस्न आग्रह गरे ।