धरान । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार सप्तरीबाट पठाइएको स्वाबमध्ये ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सप्तरीमा संक्रमितको संख्या ४२ पुगेको छ । ९ जना संक्रमितमध्ये एक महिला छिन् ।