धरान  /  प्रदेश २ मा संक्रमितको संख्या  २३२ पुगेको छ । आज एकै दिन ५४ जना संक्रमित थपिए पछि २३२ पुगेको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको ७२ जना संक्रमितमध्ये ५४ जना प्रदेश २ कै छन् ।

सबैभन्दा बढी रौतहटमा छन् । रौतहटमा २६ जना, बारामा २३ जना,  धनुषामा ३ जना र सप्तरीमा २ जना थपिएको मन्त्रालयले जनाएको छ ।