धरान  / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार नेपालमा संक्रमितको संख्या ६८२ पुगेको छ । थप ७ जनामा कोरोना संक्रमण पुष्टि भए पछि यो संख्या पुगेको हो । 

 अछामका ३२ वर्षीय १ जना, बर्दीयाका ३ जना र पर्साका २ जनामा कोरोना संक्रमण देखिएको छ।

साथै वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या ४ पुगको मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिए ।