भण्टाबारी । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षस्थित हवाई महल सुरक्षार्थ खटिएका १४ जना सशस्त्र प्रहरीको नेगेटिभ आएको छ ।
 
केही दिनअगाडि सोही स्थानमा कार्यरत एकजना सशस्त्र प्रहरी कोरोना संक्रमित पाइएपछि त्यहाँ कार्यरत बाँकी १४ जना सशस्त्र प्रहरीको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको सीमा सुरक्षा बल सुनसरीका डिएसपी बालकृष्ण श्रेष्ठले जानकारी दिए ।
 
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र वरहा नगरपालिका ११ स्थित मधुवन पर्ने कोशी टप्पु वन्यजन्तु आरक्षस्थित हवाई महल सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले जनाएको छ ।