भद्रपुर  /  झापाको मेचिनगरनगरपालिका अन्तर्गत राखिएका क्वारेन्टाइनमा आज भएको  ३१५ जनाको आरडिटी  परीक्षणमा १५ जना पोजेटिभ देखिएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख  इश्वरी पौडेलका अनुसार पोजेटिभ देखिएकाहरुको पिसिआर परक्षिणका लागि भोली नमुना संकलन गरि विराटनगर पठाइने तयारी भएको छ ।