ब्लाष्टखबर । नेपालमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस सँगै नेपालमा संक्रमितको संख्या ५०७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार डडेलधुरा १ जना  र बैतडीमा १ जनामा संक्रमण देखिएको छ ।

बाँकेमा १८ देखि ६१ वर्ष उमेरका १४ जना पुरुषहरुमा संक्रमित पुष्टि भएकाे छ । कैलालीको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

माेरङ रतुवामाई २ का १ जनका पनि संक्रमण देखिएकाे हाे ।