भोजपुर । भोजपुरमा ६७ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
पीसीआर परीक्षणका लागि मंगलबार स्वाबको नमुना संकलन गरिएको हो । जिल्लाका स्वास्थ्यकमी, संचारकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, व्यवसायी, कर्मचारी, जनप्रतिनिधि र नागरिक समाजबाट प्रतिनिधिमूलक महिला १० र पुरुष ५७ जना गरी ६७ जनाको पीसीआर नमूना संकलन गरिएको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले बताए ।
यस्तै १३ जनाको आरडिटी परीक्षण समेत गरिएको उनले जानकारी दिए । संकलन गरीएको स्वाबको नमुना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । आरडिटी परिक्षणकोे रिपोर्ट भने सबैको नेगेटिभ आएको छ । धरान पठाइएको स्वाबको रिपोर्ट बिहीबार आउने जनाइएको छ ।
भोजपुरमा हालसम्म १३ महिला र ७९ पुरुष गरी ९२ जनाको पीसीआर संकलन गरिएको छ । यस्तै १ सय २२ जना महिला र ५ सय २९ जना पुरुष गरी ६ सय ५१ जनाको आरडिटी परीक्षण गरिएको छ । महिला २६ जना र पुरुष ६९ जना गरी ९५ जना क्वारेन्टिनमा रहेका छन् । जिल्लामा १३ वटा आइसुलेशन वेड रहेका छन् भने ५ सय २५ वेडको क्वारेन्टाइन रहेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।