काठमाडौं । काठमाडौमा पाँचजनासहित नयाँ संक्रमितको संख्या २७ पुगेको छ । काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै झापाका ९ जना, मोरङ १, सुनसरीमा २, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको हो ।
योसँग नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । हालसम्म ३६ वटा जिल्लामा संक्रमणभएको मनत्रालयले जनाएको छ ।
प्रदेश १ मा ५४ जना पुगेका छन् । सबैभन्दा धेरै प्रदेश २ मा १३६ जना पुगेको मन्त्रालयले जनाएको छ ।