धरान / धनकुटाबाट रेफर गरिएको सुत्केरी महिलालाईको रिर्पोट नेगेटिम आएको छ ।
धनकुटा जिल्ला अस्पतालकी नर्समा कोरोना भएको पुष्टि भए पछि उनले उपचार गरेर धरान रेफर गरेको एक महिलाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गरिएको थियो । स्वाब परीक्षणमा रिर्पोट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।
धनकुटाबाट रेफर गरेको ती महिलालाई हिजै आइसोलेसनमा राखिएको थियो । प्रतिष्ठानको प्रसुती विभागलाई शिल गरिएको छ । करिव ६०जना भन्दा बढि विमारीलाई डिस्चार्ज नदिई राखिएको छ । नयाँ विमारी भर्नासमेत नलिएको प्रसुती विभागका प्रमुख प्राडा मोहनचन्द्र रेग्मीले जानकारी दिए ।