धरान । आज बिहान मात्रै थप २ जनामा कोरोना संक्रमण भएको पुष्टि गरिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले आज बिहान जारी गरेको विज्ञप्तिअनुसार काठमाडौंस्थित चन्दागिरी नगरपालिकाका ३६ वर्षीय पुरुष, कपिलबस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको यसअघि जानकारी गराइएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सर्लाहीको धानकौल नगरपालिकाका ४५ वर्षीय पुरुष र धनुषाको जनकपुर नगरपालिका, मिथिला नगरपालिकाका ४० वर्षीय पुरुष र २० वर्षीया महिलामा पनि कोरोना देखिएको छ । त्यस्तै महोत्तरीको जलेश्वर नगरपाकिला र बलवा नगरपालिकामा गरी १६ र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो । योसँगै नेपालमा २५० जनामा कोरोना संक्रमण भएको पुष्टि गरिएको हो ।

हालसम्म ३५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयले ५ जनाको दोहोरिएको भनेर पुनः सच्याइएकाले नेपालमा कोरोना संक्रमित २४५ मात्रै रहेको जानकारी गराइन्छ ।

corona_update