धरान । नेपालमा थप दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
योसँगै नेपालमा २४५ जना कोरोनाबाट संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ दुई भेटिएका संक्रमितमध्ये एक जना चन्द्रागिरी नगरपालिकाका छन् । ३२ वर्षीय युवक रहेका छन् । त्यस्तै एक जना कपिलवस्तुका ६ वर्षीया बालिका रहेकी छन् । हालसम्म ३५ जना निको भएर घर फर्किसकेका छन् ।