काठमाडौं । रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा थप २४ जना कोरोना संक्रमित भेटिएकाछन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

नयाँ संक्रमित २४ जनामध्ये रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना रहेको बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, र ४१ वर्षका पुरुष तथा ४, १० र २८ वर्षका महिलामा संक्रमण भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए । त्यस्तै कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।

यसअघि बुधबार दिउँसो कपिलवस्तु र बाँकेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।