Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • विश्वभर २ लाख ९२ हजारको कोरोनाभाइरसका कारण मृत्यु

विश्वभर २ लाख ९२ हजारको कोरोनाभाइरसका कारण मृत्यु

alt
  • वैशाख ३१, २०७७
  • रासस–एएफपी

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८५ हजार ३१२ जना नयाँ संक्रमित भेटिएका थिए ।

अघिल्लो दिन पनि ७४ हजार २२८ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टाको अवधिमा ५ हजार ३२० जनाको ज्यान गएको छ । प्राप्त समाचार अनुसार विश्वभर करिब ४६ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ९९ हजार अर्थात् करिव ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ । युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार बेलायतमा ३२ हजार ६९२ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ६३० जनाको मृत्यु भएको छ जबकी अघिल्लो दिन यहाँ एक हजारको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८३ हजार ४२५ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १७२, स्पेनमा १७६ र फ्रान्समा ३४८ जनाको ज्यान गएको छ । दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १२ हजार ४६१ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार
सडक दुर्घटनाः चालकको लापरबाही नै मुख्य कारण

धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ मा माघ ४ गते एक नाबालिकासहित पाँचजना ...

झापा ५ को चुनाव चर्चाको शिखरमा

भद्रपुर । नेपाली राजनीतिमा एकछत्र राज गर्दै आएका नेकपा (एमाले) का अध्यक्ष क ...

आज सरस्वती पूजा

धरान । माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी अधिष्ठात्र ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सडक दुर्घटनाः चालकको लापरबाही नै मुख्य कारण
झापा ५ को चुनाव चर्चाको शिखरमा
आज सरस्वती पूजा
वैदेशिक व्यापार घाटा नेपाली अर्थतन्त्रको पुरानै रोग
आजको राशिफलः २०८२ साल माघ ९ गते शुक्रबार
धराने मोमोको व्यापार सुरु
सिद्धार्थ स्पोर्टिङ लगातार तेस्रो जितसँगै फाइनलमा
एनसेलको छुट अफर
मनोनयनले दिएको सन्देश र मतदाताको कार्यभार
आजको राशिफलः २०८२ साल माघ ८ गते बिहीबार
चुनावी सरकारका मन्त्री नै चुनावमा
देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम
कोशी प्रदेशमा ५०४ को उम्मेदवारी
फागुन–२१ः लोकतन्त्रको उत्सव बनोस्
आजको राशिफलः २०८२ साल माघ ७ गते बुधबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved