ब्लाष्टखबर । नेपालमा (आज) बुधबार थप दुई जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे संगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।
काभ्रेको धुलिखेल अस्पताल र राष्ट्रिय जनस्वास्थ काठमाण्डाैंकाे प्रयाेगशालामा गरीएकाे छुट्टा छुट्टै परिक्षणमा दुई पुरूषमा कोरोनाकाे संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ काठमाण्डाैंकाे प्रयाेगशालामा गरीएकाे परिक्षमा कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरूष र धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा नेपालगंज उप महानगरपालिका वडानम्बर ८ का २३६ वर्षीय पुरूषमा संक्रमय देखिएकाे हाे ।