कालाबञ्जार । सुनसरीको रामधुनी नगरपालिकाले निर्माण गरेको झुम्का क्वारेन्टाइनमा भारतबाट आएका ३ जनालाई राखिएको छ ।

श्रीलंका हुँदै भारतबाट आएका २ जना र एक जना भारतबाट आएकालाई क्वारेन्टाइनमा पठाइएको हो । भारतबाट आउने अधिकांसमा कोरोना संक्रमण देखिन थालेपछि उनीहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिएको हो । उक्त क्वारेन्टाइनमा १८ जना पुगेका छन् ।

इसअघि वैशाख २४ गते १५ जनालाई राखिएको थियो । उनीहरूको स्वास्थ्य सामान्य भए पनि १४ दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच गरे पछि मात्रै घरघरमा पठाइने शहरी स्वास्थ्य सेवा केन्द्र कुम्याहीका स्वास्थ्य इन्चार्र्ज प्रियङ्का चौधरीले जानकारी दिइन् । १३ जना भारतबट आएका छन् भने २ जना उदयपुरका हुन् ।

ऋहिले उनीहरूको स्वास्थ्य स्थिति जाँच गर्ने तयारी भएको आरडिटी टेष्ट र पिसिआर टेष्ट गरिसकेपछि मात्रै उनीहरूलाई घरघरमा पठाउने भएको हो । उनीहरू विभिन्न जिल्लाका बासिन्दा हुन् ।