धरान  / एकैदिन नेपालमा ८३ जनामा कोभिड १९ पुष्टि भएको छ। पछिल्लो जानकारी अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक थप २६ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ । मंगलबार नै मन्त्रालयले ५७ जना कोरोना संक्रमित भएको जानकारी दिएको थियो।

पछिल्लोपटक कोरोना संक्रमण पुष्टि हुनेमा १८ जना पर्साका, महोत्तरीका २ जना, धनुषाका २ जना, भक्तपुरका २ जना काठमाडौंका १ र सर्लाहीका एक जना छन्। उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयकासहप्रबक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।

12