धरान / नेपालमा कोरोना संक्रमितको संख्या आज ह्वात्तै बढे पछि गृहमन्त्रालयले भोलीदेखि थप कडाई गर्न माताहतका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गरेको छ । आज ५७ जनामा काेराेना देखिए पछि गृह मन्त्रालयबा६

यस्ताे निर्देशन आएकाे हाे ।

मंगलबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई पत्र लेखि यस अघि अन्तर जिल्ला जारी भएका पास खारेज गरि हिडडुल गर्न पूर्णरुपले बन्द निर्देशन जारी गरेको छ ।

शाखा अधिकृत सहदेव गौतमले पत्र लेख्दैं एक जिल्लाबाट अर्को जिल्लामा कोही मानिस जानु अगाबै नाकाबाट फर्काउन भनेका छन् । मन्त्रालयले यस अघि जारी भएका इ–पासलगायत सबै पास खारेज गर्न निर्देशन दिएको छ ।

98053940_661372624703414_916374638886387712_n (1)