कोरोना अपडेटः विश्वभर २ लाख ८७ हजारको मृत्यु, भारतमा २३ सयको ज्यान गयो

alt
  • बैशाख ३०, २०७७
  • रासस

जेनेभा / कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । संक्रमितको संख्या ४२ लाख ७२ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ७४ हजार २२८ जना नयाँ संक्रमित भेटिएका थिए भने तीन हजार ४०३ जनाको ज्यान गएको छ ।


प्राप्त समाचार अनुसार विश्वभर करिब ४७ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ९४ हजार अर्थात् करिव ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३२ हजारको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजारको ज्यान गएको छ जबकी अघिल्लो दिन यहाँ ७ सय ५० जनाको मृत्यु भएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८१ हजार ७९५ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १७९, स्पेनमा १२३ र फ्रान्समा २६३ जनाको ज्यान गएको छ । दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा ११ हजार ६५३ जनाको मृत्यु भइसकेको छ ।

भारतमा संक्रमितको संख्या ७१ नाग्यो  
भारतमा संक्रमितको संख्या ७१ हजार ३ लागेको छ । मृत्यु हुनेको संख्या २३ सय भन्दा बढि पुगेको छ । हालसम्म २३ हजार निको भएका छन् । नेपालमा पछिल्लो अपडेट अनुसार संक्रमितको संख्या १९१ जना पुगेको छ । आज एकै दिन ५७ जनामा संक्रमण देखिएको छ । पछिल्लो एक सातामा संक्रमितको संख्या बढेर गएको छ ।

एकै दिन थपिए ३३४ कोर ...

धरान । आज ३३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछ ...

स्थापना दिवसमा ९२ जन ...

उर्लाबारी / सामुदायिक बिकास मञ्च उर्लाबारीले संस्थ ...

उर्लाबारीको क्यारेनट ...

मदनबाबु प्रसाई उर्लाबारी / उर्लाबारी नगरपालिक ...

सर्दु करिडोरः बसाउने ...

राजनीतिक संरक्षणमा बसेका धरानको सुकुम्बासी बस्ती अहिल ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved