ब्लाष्टखबर । कपिलवस्तु नगरपालिकाकी एक स्वास्थ कर्मी महिलामा काेराेना संक्रमण  पुष्टि भएकाे छ । 

नगरपालीका भित्र क्वारेन्टाइनमा बसेकाहरुको नमुना परिक्षण गर्ने क्रममा तौलिहवा अस्पताल कार्यत २५ वर्षीय ति महिलामा काेराेना संक्रमण देखीएकाे हाे । 

 मंगलबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा ८ जना कपिलवस्तु नगरपालिकाका स्थानीयमा काेराेना संक्रमण रहकाे बताएकाे छ । जस मध्याे १ जना महिला स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

भारत बाट  आएका मानिसहरूमात्र देखिएकाे काेराेना संक्रमण यति बेला त्यहाका स्थानियमा पनि सरेकाे पाइएकाे छ । ती स्वास्थ कर्मी महिला भने क्वारेन्टाइनमा नवसी घरमै जाने गरेकाे खुलेकाे छ ।

 आजै पर्सामा ४ पत्रकारहरूमा  पनि काेराेना संक्रमण भएकाे खुलेकाे छ ।  नेपालमा स्वास्थकर्मी र पत्रकारमा. काेराेना संक्रमणकाे याे पहिलाे घटना हाे ।