काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमणको पुष्टि हुनेको संख्या १९१ पुगेको छ ।

थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् भने कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनीहरु सबै पुरुष हुन ।

Corona-768x788