काठमाडौं ।  नेपालमा एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबारै सप्तरीमा पनि एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार साँझ थप १३ जनामा पुष्टि भएपछि नेपालमा एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो विवरणअनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

सोमबार साँझ १३ जनामा पुष्टि भए पछि नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।