संखुवासभा / जिल्लाको सिलिचोङ गाउँपालिमा १५ दिन अघि काठमाण्डौबाट गाउँ ल्याईएकाहरुमा कोरोना भाइरस (कोभिड १९) नभएको पुष्टि भएको छ । गाउँ ल्याइएकाहरु मध्ये १७ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।
उनीहरुको आरडिटी परिक्षण गर्दा सवैको नेगेटिभ आएको हो । काठ्माण्डौबाट ल्याईएकाहरुलाई सिलिचोङ गाउँपालिका २ बालामा ३ जना, ४ नं. वडा मांतेवामा ४ र वडा नं. ३ ताम्कु क्वारेन्टाइनमा १० जना राखिएको थियो ।
बालाको क्वारेन्टाइनमा राखिएकाहरुको आइतबार आरडिटी परिक्षण गरिएको थियो भने ताम्कु र मांतेवाको क्वारेन्टाइनमा राखिएकाहरुको सोमबार परीक्षण गरिएको थियो ।
उनीहरुमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएपछि सवैलाई घर फठाइएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए । क्वारेन्टाइनबाट विदा भएकाहरु ७ दिनसम्म होम क्वारेन्टाइनमा बस्नु पर्ने लगायतका परामर्श दिएर उनीहरुलाई घर पठाईएको गाउँपालिकाले जनाएको छ ।
पूुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काको पहलमा उनीहरु गाउँ फर्किएका थिए । पहिलो चरणमा उनीहरुलाई गाउँ फकाईए पनि त्यसपछि सरकारले गरेको कडाई र स्थानीय तहमा गाउँ फर्काउने सम्बन्धी एक मत नहुँदा बाँकीलाई ल्याउन सकिएको थिएन ।