ब्लाष्टखबर । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका १८ वर्षीय पुरुषमा पनि कोरोनाभाइरस सङ्क्रमण  पुष्टि भएकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (सोमबार) अपरान्ह सप्तरीको डाक्नेश्वरी नगरपालिकाका १८ वर्षीय पुरुष सङ्क्रमित पुष्टि गरेको हो।  मन्त्रालयले  आज बिहान कपिलवस्तुमा १० जनामा काेराेना संक्रमणकाे पुष्टि गरेकाे थियाे 

यस संगै आज मात्रै ११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । यो सँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ ।  उनीहरूको अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।