धरान । प्रदेश ५ को कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस भएको पुष्टि भएको छ ।

नेपालमा हालसम्म १ सय २० जना कोरोना संक्रमित पुगेका छन् । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि नेपालमा कोरोनाको संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले थप १० जनामा कोरोना संक्रमण देखिएको बताए ।

कपिलवस्तुको यशोधरा गाउँपलिका ५ र बुद्धभूमी नगरपालिका ७ र १० नम्बर वडाबासीलाई कोरोना भएको पुष्टि भएको हो । उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ । उनीहरूलाई चिकित्सकको निगरानीमा राखिएको छ । उनीहरूको विगत हिस्ट्री लिने प्रयास भइरहेको छ ।

health_corona