धरान । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह अचानक बिरामी परेका छन् ।

अचानक बिरामी भएपछि आइतबार राति उनलाई अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भर्ना गरिएको छ । उनलाई कार्डियो थोरेसिक वार्डमा भर्ना गरिएको भारतीय समाचार एजेन्सी पीटीआईले जानकारी गराएको छ । उनलाई छातीमा समस्या देखिएपछि भर्ना गरिएको हो । पूर्वप्रधानमन्त्री सिंह कंग्रेसका बरिष्ठ नेता पनि हुन् ।

८७ वर्षीय सिंहलार्य रातको ८ः४५ बजे भर्ना गरिएको हो । एम्सका कार्डियोलोजी विभागका प्रा.डा. नितिश नायकले जानकारी दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतमा सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्री रहेका कंग्रेसका बरिष्ठ नेता सिंह हाल राज्यसभा सदस्यका रूपमा रहेका थिए । उनी अर्थशास्त्रका विज्ञसमेत मानिन्छन् ।