उदयपुर / नेपाल मै सवै भन्दा पहिला २८ जना कोरोना संक्रमित फेला परेको उदयपुरको भुल्केमा पुनःपरिक्षण गर्दा थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्रियुगा नगरपालिका–३ भुल्केमा गत बैशाख २४ गते पुनःपरिक्षणको लागी स्वाव नमुना संकलन गरिएको थियो ।
पुनःपरीक्षणबाट भुल्केका १८ वर्षीया, ४५ वर्षीया र ६५ वर्षीया महिलाहरुको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पुनःपरिक्षणमा ३ जना थपिएपछि भुल्केमा मात्रै कोरोना संक्रमितको संख्या ३१ पुगेको हो । यस अघि उनीहरुमा नेगेटिम देखिएको थियो । नेपालमा सक्रमितकाे सख्या १०९ पुगेकाे छ ।