याैनका बिषयमा धरैले खुलेर कुरा गर्न चाहदैनन्  । तथापि मानिसहरू संसारका धेरै भन्दा धेरै कुराहरूमा चसाे लिने गरेपनि सबैभन्दा धेरै चसाे राख्ने बिषयहरू मा याैन पनि पर्छ । त्यसैले पनि सम्भोगको विषयलाई लिएर महिला तथा पुरुषहरुका बारेमा विभिन्न कुरा तथा अड्कलबाजी गरिन्छ । 

संसारका विभिन्न विश्वविद्यालयमा याैनका विषयमा विभिन्नखाले शाेध तथा अनुशन्धानहरू भएका छन्  । ति मध्याे अमेरिकाको इन्डियाना विश्वविद्यालयका शोधकर्ताले स्कुल बंक गर्ने, परीक्षामा फेल हुने र कण्डम विना असुरक्षित यौन सम्पर्क गर्ने आनीबानी बीचमा रहेको सम्बन्धको बारेमा यस्तो निष्कर्ष निकाले त्यसले एकपटक सोँच्न बाध्य गराउँछ ।

१४ देखि १७ वर्ष उमेरका किशोरीहरुका ८० हजार डायरीको अध्ययन गरेकाे बताएकाे शोधकर्ताहरुले सेक्सका विषयमा एउटा अर्को सत्यको पर्दा उघारेको दाबी गरे । 

१० वर्ष लगाएर गरीएकाे शोधमा विश्वविद्यालयका शोधकर्ताहरुले किशोरीहरुले आफ्नो डायरीमा लेखेका अनुभव, अनुभुति तथा विचारका साथै दैनिकीका कुराहरुको रोमान्टिक तथा शारीरिक सम्पर्कसँग जोडिएका उनीहरुको व्यवहारका विषयमा बुझ्ने कोसिस गरिएको थियो ।

उक्त शाेधमा शोधकर्ताहरुले किशोरीहरु स्कुल बंक गर्ने र परीक्षामा फेल हुने ती युवतिहरू स्कुल बंक गर्ने वा परीक्षामा फेल हुने दिनमा धेरैजसो कण्डम नलगाइ यौनकार्यमा सरिक हुने दर उच्च हुने निष्कर्ष निकालेका थिए । उनिहरूले राम्रो शैक्षिक स्तर भएका तथा विद्यालयमा पनि नियमित रुपमा पढ्ने विद्यार्थीहरुले भने सुरक्षित यौन सम्पर्कका उपायहरु अपनाउने गरेको पाइएको बताएका थिए ।

यसबाट शोधकर्ताहरुले के निष्कर्ष निकालेका छन् भने किशोर किशोरी तथा युवायुवतीमा स्कुल बंक गर्ने, परीक्षा फेल हुने र असुरक्षित यौन सम्पर्क गर्ने कार्यबीच घनिष्ट सम्बन्ध छ । स्कुल बंक गर्ने तथा परीक्षामा फेल हुने कुराले उनीहरुमा असुरक्षित यौन सम्पर्कलाई प्रोत्साहन गर्ने गरेको छ ।

यसको खास कारण पत्ता नलागेपनि असुरक्षित यौन सम्पर्कलाई बढावा दिने एउटा कारण कक्षा बंक र परीक्षामा फेल भएसँगै विद्यार्थीमा बढ्ने तनाव पनि रहेको बताइएको छ ।

 

स्राेत : अनलाइन