samsad धरान / धेरैको चासो थियो, यस्तो संकटका बेला सुनसरी क्षेत्र नं. १ का माननीयहरु के गरि रहेका छन् । उनीहरुको भूमिका कस्तो छ भन्ने आम नागरिकको चासोको विषय पनि हो । आफ्ना क्षेत्रका नागरिकको लकडाउन समस्यामा केही राहत होस भनेर नेकपाबाट प्रदेश तथा संघमा निर्वाचित सुनसरी क्षेत्र नं. १ का सांसदहरुले क्षेत्रका २९ वटा वडा कार्यालयहरुलाई १५ हजार बोरा चामल उपलब्द गराएका छन् ।
कार्यकारी अधिकार सम्पन्न वडा कार्यालयमार्फत वितरण गर्ने गरि रामधुनी नगरपालिकाका २ वटा वडा, बराहक्षेत्र नगरपालिकाका ७ वटा वडा र धरान उपमहानगरपालिकाका २० वटामा १५ हजार बोरा राहत सामाग्री वितरण गरिएको नेकपा स्थायी समिति सदस्य तथा प्रदेश सभा सदस्य भीम आचार्यले जानकारी दिए ।
‘लकडाउनको समयमा हामी जनताको घर दैलोमा पुगेर उहाँहरुको समस्या बुझिरहेका छौं । विपतमा पर्नु भएका नागरिकले आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरेर राहत लिन अनुरोध गरेका छौं ।’–आचार्यले भने–‘त्यसका लागि संघ प्रदेश र स्थानीय तह राहत जुटाउन लागि रहेको छ । तपाईहरु घरमै बसिदिएर सरकारलाई सहयोग गरिदिनु होला ।’

एकद्वार प्रणाली उलंघन भएको छैन्–आचार्य
संघ प्रदेश र पालिका कार्यालय भन्दा पनि वडाबाट छिटो जनताले सुविधा पाउने भएकाले आफुहरुले स्थानीय तहको समन्वयमा वडा कार्यालयहरुमा खाद्यान्न सामाग्री उपलब्द गराइएको सांसद आचार्यले जानकारी दिए ।

जनतासँग पँहुच भएको वाड कार्यालयहरु हुन, त्यही भएर हामीले वाडलाई सहयोग गरेका छौं –नेकपा नेता आचार्य

केही साथीहरुले नेकपाले जनतालाई सहयोग गरेको देखेर आरिस लागेर एकद्वार प्रणली उलंघन गरियो भनेर प्रचार गरिए छ । त्यो लगत प्रचार भएको आचार्यले बताए । ‘हामीले वितरण गर्दा कि संघ वा प्रदेशमा गर्ने हो तर संघ र प्रदेशको सहयोग टोल टोलका जनतामा आइपुग्न समय लाग्छ । त्यही भएर वाड कार्यालयहरुलाई वितरण गरिएको हो ।’–आचार्यले पत्रकारहरुसँग भने–‘प्रदेश, संघ र पालिकाहरुले जनतालाई वितरणका लागि वाड कार्यालयहरुलाई दिने हो । राजनीतिक आस्थाका आधारमा घर घर पुगेर हामीले बाढेको होइन । लकडाउन पीडामा परेका सबै जनतालाई समानुपातिक रुपमा वितरणका लागि वाड कार्यालयलाई दिएको हो । यसमा कोही भ्रममा नपर्दा हुन्छ ।’
एकद्वार भनेको नगरपालिकाको वडा समितिहरु भएको बताउदैं वाड कार्यालयहरुको सिधै पहुँच जनतासँग हुने गरेको संघीय सांसद जयकुमार राईले बताए ।

राहत वडा कार्यालयलाई हस्तान्तरण गर्दा राजनीति गरेको कसैले बुझन नहुने राईले बताएका छन् । ‘आफुहरु वाडका जनतालाई भोको नराख्न वाड कार्यालयलाई आग्रहसमेत गरेका छौं । जनताको समस्यामा हामीहरु सहकार्य गरेर अघि बढ्न चाहान्छौ भन्ने सन्देश पनि दिन चाहान्छौं ।’–सांसद राईले भने ।
नेकपाबाट विजयी माननीयहरु संघीय सांसद जयकुमार राई, प्रदेश सभा सदस्य भीम आचार्य, उमिता बराइली, सावित्रा श्रेष्ठलगायतको पहलमा खाद्यान्न तीन वटा पालिकाको वाड कार्यालयहरुलाई उपलब्द गराइएको नेकपा धरान नगर इञ्चार्ज चोत्लुङले जानकारी दिए । हिजो बराहक्षेत्र र रामधुनीका वाडहरुमा वितरण गरिएको थियो । आज धरान उपमहानगरको आदी वाडहरुमा र वाँकी भोली वितरण गरिने कार्यक्रम रहेको छ ।

help 94836580_2888300557931945_6766941993865052160_n 95030619_2789851677789452_9192427635005718528_n