धरान / नाटकघर उपभोक्ता समिति ह्वाइट हाउस धरानले लकडाउनले समस्यामा परेका व्यक्तिहरुलाई खाद्यान्न वितरण गरेको छ ।
समितिका अध्यक्ष प्रेम सुब्बा, सदस्य हिमाल दाहालको सकृयतामा धरान–१९ स्थित लाङ्घाली सामुदायिक वनको आवास गृहमा धरान उपमहानगरले राखेका सडक मानवलाई ६ सय केजी चामल,दुई कार्टुन तेल वितरण गरिएको छ ।
यस्तै धरान–३ सिथ्त सरस्वती बाल आश्रममा १५० केजी चामल, दुई कार्टुन तेल र १० केजी नुन वितरण गरिएको छ । यस्तै अति विपन्न यातायात मजदुरहरुलाई एक सय केजी चामल एक कार्टुन तेल र १० केजी नुन वितरण गरिएको समितिका सदस्य लक्ष्मी बाँनियाले जानकारी दिए ।
सुनसरी क्षेत्र नं. १ का सांसद जयकुमार राईको उपस्थितिमा समितिले आश्रमका अध्यक्ष दानबहादुर राईलाई सहयोग हस्तान्तरण गरे । उनीहरुलाई ५० हजार बरावरको सहयोग गरिएको हिमाल दाहालले जानकारी दिए ।