धरान । लकडाउनको बेला मर्निङवाक हिँड्ने १६३ जनालाई धरान प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज वलीका अनुसार ३४ महिलासहित १६३ जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरूलाई धरान–१२ स्थित पब्लिक हाइस्कुलको मैदानमा सामाजिक दूरी कायम गर्दै राखिएको छ । सरकारले गरेको लकडाउनको समयमा मर्निङवाक गर्नेहरूलाई नियन्त्रणमा लिइएको हो ।

शुक्रबार मात्रै ९७ जनालाई नियन्त्रणमा लिएर साँझ सात बजे छाडिएको थियो । जसमा २९ वटा सवारी साधनहरूसमेत नियन्त्रणमा लिइएको थियो । सरकारले चैत ११ गतेदेखि लकडाउन जारी राखेको छ । यो तेस्रो चरणको लकडाउन हो ।

morning_wake_dharan_one morning_wake_dharan_two