धरान । लकडाउन उल्लङ्घन गरेको आरोपमा धरान प्रहरीले ८० भन्दा बढी मानिसहरू पक्राउ परेका छन् । उनीहरूलाई सामाजिक दूरी कायम गर्दै धरान–१२ स्थित पब्लिक हाइस्कुलको मैदानमा राखिएको छ ।
लकडाउनको अवधिमा पनि बाहिर हिँडडुल गरेको पाइएपछि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार हाल ८० जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूको साथबाट सवारी साधनसमेत नियन्त्रणमा लिइएको छ ।
उनीहरूलाई ७ बजेसम्म राखिने भएको छ भने ७ बजेपछि सम्झाइबुझाइ छाडिने भएको डिएसपी न्यौपानेले जानकारी दिए । धरानका विभिन्न क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । सरकारले चैत ११ गतेदेखि लकडाउन जारी गरेको थियो । कोरोनाभाइरसको संक्रमणको जोखिमलाई मध्यजनर गर्दै सरकारले तेस्रो साता पनि लकडाउन जारी राखेको हो ।