नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश १ इञ्चार्ज भीम आचार्यले लकडाउनकाे समयमा के गर्ने के नगर्ने भनेर कार्याकर्ताहरुलाई केही टिप्सहरु दिएका छन् ।

(१)आफ्नो कार्यक्षेत्रमा संक्रमणको अवस्था के छ र बिदेशबाट संक्रमित भएर आएका कोहि छन् की ? एकिन गर्ने ,गर्न लगाउने ।

(२) अत्यन्तै बिपन्न बर्गका जनताको लगत संकलन गरी नगर/ गाँउपालीकाहरुले आवश्यक राहतसामाग्री उपलब्ध गराउने ।

(३) कृषकहरुले बाली लगाउने- उठाउने काम गर्न सकिने ।

(४) अत्यावश्यक सामाग्रीहरुका पसल खोल्ने बेचबिखन गर्ने काम नियम भित्र रहि गर्ने ।

(५) किसानबाट उत्पादित तरकारी, दुध, अण्डा बजार पुर्याउन र ग्राहकहरुले किन्नसक्ने ब्यवस्था मिलाउने ।

(६) प्रस्तावित ३ महिने अभियानका काम गर्न आवश्यक गृहकार्य गर्ने ।

(७) फुर्सदको बेलामा अनावश्यक रुपमा समय खेर नफाल्ने राजनैतिक , सैद्धान्तिक अध्यनमा समय सदुपयोग गर्ने।