धरान  / आज अनावश्यक हिडडुल गर्नेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । सुनसरीमा घर बाहिर मानिस अनावश्यकरुपमा हिडडुल गरेको भेटिएमा पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालयका एसपी यद्दविनोद पोखरेलले जानकारी दिए ।

भारत, फ्रान्स, इटालीलगायतका मुलुकमा लकडाउनेको अवज्ञा गरेका कारण मानविय क्षति ठूलो भएको कुरालाई मध्यनजर गरेर सरकारले गरेको लकडाउनको अवज्ञा गर्नेलाई कडाइका साथ पाना गर्न यस्तो निर्णय भएको हो । दिउसो हिडडुल गरेको पाइए पक्राउ गरेर दिनभर प्रहरी कार्यालयमा राखिने जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी यज्ञविनो पोखरेलले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) अनुसार जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञालाई टेकेर प्रहरीले बुधबारदेखि बाहिर हिडडुल गर्नेहरुलाई नियन्त्रणमा लिने जनाएको हो ।