धरान । नेपालको सीमा नाकामा अलपत्र परेका नेपालीहरूलाई नेपालमा आउन दिने सरकारले निर्णय गरेको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले सीमामा अलपत्र परेका नेपालीहरूलाई परिचय पत्रको आधारमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल आउन दिने मङ्गलबार निर्णय गरेको हो । नेपालमा पूर्वी र पश्चिमी सीमामा अलपत्र परेकाहरूलाई क्वारेन्टाइनमा राखेर निर्णय भएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए ।

त्यसका लागि सरकारले प्रदेश सरकारका स्थानीय प्रशासनसँग समन्वय गरेर अगाडि बढ्ने भएको छ ।